विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले हाल कायम चुक्तापूँजीको १०० प्रतिशत हकप्रद निश्कासन गर्ने निर्णय गरेको छ। कम्पनीको कात्तिक १७ गते दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दायीत्व भुक्तानी र जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्तापूँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। यो प्रस्ताव नियमनकारी निकायबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ९८ लाख रुपैयाँ रहेको छ भने दोश्रो बजारमा यसको सेयरमूल्य प्रतिकित्ता ५०० रुपैयाँभन्दा बढी रहेको छ।

Online Arthik










