बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन उक्त मूल्य २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस करिब १ प्रतिशतभन्दा बढीले घटेसँगै नेपाली बजारमा पनि मूल्यमा कमी आएको हो। आज चाँदीको भाउ पनि घटेको छ। चाँदी ४५ रुपैयाँले घट्दै प्रतितोला ३ हजार १५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

तपाईको प्रतिक्रिया