साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ ।
यो लाभांश आगामी साधारणसभाबाट स्वीकृति पश्चात प्रदान हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५४ रुपैयाँ छ ।

Online Arthik









