कवि नेत्र खतिवडाद्वारा लिखित मुक्तक सङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ विराटनगरमा एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ। नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्राज्ञ विवस पोखरेलले सङ्ग्रहको लोकार्पण गर्नुभयो।

कवि खतिवडाले आफ्नो सङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ ले जीवनका कठोर क्षणहरूभित्र पनि सुन्दर भावना फुल्न सक्छन् भन्ने सन्देश दिने बताउनुभयो। कार्यक्रममा कवि बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाई, भुषण ढुङ्गेल, उमेश लुईटेल, सुरेन्द्र कुमार साह, प्रयाग न्यौपाने लगायतका साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया