नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ अर्ब ५२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गर्दै १३.९८ प्रतिशत वृद्धि हासिल गरेको छ, जुन अघिल्लो आवको ४ अर्ब ८५ करोड रुपैयाँभन्दा उच्च हो। बीमाशुल्क वृद्धि संगै कम्पनीको नाफामा पनि सुधार देखिएको छ, जसअनुसार यस अवधिसम्म कम्पनीले १४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जो अघिल्लो आवको तुलनामा १.८१ प्रतिशतले बढी हो। कम्पनीको कुल आम्दानी ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च बढेर ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ। यसैगरी, दाबी भुक्तानी ५ अर्ब ४८ करोडबाट वृद्धि भई ६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। कम्पनीले सेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँको व्यवस्था गरेको छ भने रिटेन्ड अर्निङ ५१ करोड १ लाखबाट बढेर ६३ करोड ८० लाख रुपैयाँ पुगेको छ। कम्पनीको महाविपत्ती कोष ६८ करोड १३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.५४ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ५६.११ गुणा रहेको छ।

तपाईको प्रतिक्रिया