स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ५ सय रुपैयाँले महँगिँदै २ लाख ४३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन भने मूल्य ६ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको भाउ पनि आज २० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५५ रुपैयाँ पुगेको छ।

Online Arthik









