मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार थप ३ हजार ८ सय रुपैयाँले ओरालो लागेर प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कायम भएको छ। सोमबार प्रतितोला सुन २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। मंगलबार प्रतितोला चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भइरहेकामा सोमबार यसको मूल्य ३ हजार १ सय ५५ रुपैयाँ थियो।
लगातारको मूल्य गिरावटले बजारमा सुन–चाँदी कारोबारमा प्रभावित भएको मुलुकभरका व्यवसायीहरूले बताएका छन्।

Online Arthik










