कृषि विकास बैंकले १९ औं वार्षिक साधारण सभा यही मंसिर २९ गते आयोजना गर्ने भएको छ । उक्त सभा भक्तपुरको बोडेमा रहेको बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बैंकको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण  सभा डाकेको हो ।

उक्त सभामा गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरिएको ३.२५ प्रतिशत बोनस सेयर र ९.२५ प्रतिशत नगद गरी कुल १२.५० प्रतिशत लाभांशको प्रस्ताव पारित गरिनेछ । यस्तै अविमोच्य अग्राधिकार सेयरधनीलाई तोकिएबमोजिम चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश पारित हुनेछ ।

यसैगरी सभामा गत आवको वार्षिक प्रतिवेदनमाथ छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका अनूसूचीहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

तपाईको प्रतिक्रिया