सिटिजन्स बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ एकीकृत, सहज र आधुनिक बनाउन ‘सिटिजन्स डीजीबैंक’ नामक नयाँ अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार यस प्लेटफर्मको उद्देश्य हाल छरिएर रहेका विभिन्न डिजिटल सेवाहरूलाई एउटै च्यानलमार्फत उपलब्ध गराई ग्राहकलाई वेब र मोबाइल दुवै माध्यमबाट छिटो, सरल र सुरक्षित पहुँच प्रदान गर्नु हो। यसले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
पहिलो चरणमा यस प्लेटफर्ममार्फत बैंकका ५० वटा डिजिटल सेवा उपलब्ध हुनेछन्। सेवाहरूमा अनलाइन खाता खोल्ने, प्यान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस सर्टिफिकेट माग, साथै डिम्याट, मोबाइल बैंकिङ र कार्डसम्बन्धी प्रक्रिया समावेश छन्।
सिटिजन्स बैंकले डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई नवीन, छरितो र विश्वसनीय बैंकिङ अनुभव दिलाउने लक्ष्य लिएको छ। बैंकका अनुसार भविष्यमा थप सेवा समावेश गर्दै ‘सिटिजन्स डीजीबैंक’लाई अझ सशक्त र विस्तारित बनाइनेछ। यसअघि बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ पनि सञ्चालनमा ल्याइसकेको थियो।

Online Arthik









