बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्दै दुई साताकै उच्च नजिक पुगेको छ। अमेरिकी ताजा आर्थिक तथ्यांकले फेडरल रिजर्भले ब्याजदर घटाउनसक्ने सम्भावना बलियो बनाएको र अमेरिकी डलर एक साताकै कमजोर बनेपछि सुनमा माग बढेको हो। हाल सुन १.७८ प्रतिशत अर्थात ७३.२२ डलरले उक्लिएर प्रतिऔंस ४,१६८ डलरमा कारोबार भइरहेको छ। मंगलबार सार्वजनिक तथ्यांकअनुसार सेप्टेम्बर महिनामा अमेरिकाको खुद्रा बिक्री अपेक्षा भन्दा कम मात्रामा बढेको छ भने उपभोक्ता मूल्य सूचकांक अगस्टकै जस्तै २.७ प्रतिशतले बढेको छ, जसले अमेरिकी अर्थतन्त्रको सुस्त संकेत दिएको छ। यससँगै नयाँ फेड अध्यक्षले मौद्रिक नीतिमा द्रुत सुधार गर्न नसक्ने आशंकाले डलर अन्य मुद्राको तुलनामा सस्तो बनेको हो। सुनसँगै चाँदीको मूल्य पनि १.३४ डलरले बढ्दै प्रतिऔंस ५१.९७ डलरमा कारोबार भइरहेको छ।

Online Arthik









