माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि ‘माछापुच्छ्रे एसआइपी योजना’ जारी तथा बिक्री खुला गरेको छ। यस योजनामा प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले २ करोड इकाई अर्थात् २० करोड रुपैयाँ बराबरका इकाई खुला गरिएको छ। योजनाको कुल आकार ५ करोड इकाई रहेको छ, जसमा १४ प्रतिशत अर्थात् ७० लाख इकाई कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकका लागि, १ प्रतिशत अर्थात् ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि र बाँकी १ करोड २५ लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ। मंसिर १७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ भने सो अवधिमा पूर्ण रूपमा बिक्री नभएमा आवेदन अवधि मंसिर २८ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। यसका लागि सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत सजिलै आवेदन दिन सकिनेछ। Care Ratings Nepal ले कोष प्रवर्द्धकलाई CARE NP Triple B Plus र Infomerics Credit Rating Nepal ले योजना व्यवस्थापकलाई IRN AMC Quality 3 रेटिङ प्रदान गरेका छन्।

Online Arthik










