आइतबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ, करिब साढे एक महिनाअघि बनेको रेकर्डलाई तोड्दै प्रतितोला ३४९० रुपैयाँ पुगेको छ। एकैदिनमा १४५ रुपैयाँको वृद्धि भएको चाँदीको मूल्य अघिल्लो दिन ३३४५ रुपैयाँ थियो, जबकि यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो।
सुनको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिनको तुलनामा आज तोलामा १६०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको हालसम्मकै उच्च मूल्य असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड रहेको छ।

Online Arthik










