सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट मंसिर ८ गते प्राप्त स्वीकृतिअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता बराबर १७ करोड २३ लाख ८८ हजार रुपैयाँको सेयर सार्वजनिक गर्न अनुमति पाएको हो। यसमध्ये ५ प्रतिशत ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत २६ हजार ११९ कित्ता कर्मचारीका लागि तथा १० प्रतिशत १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। विदेशमा रहेका नेपालीले न्यूनतम १० र अधिकतम २५ हजार कित्ता सेयरका लागि ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। मुक्तिनाथ क्यापिटल लिमिटेड आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा रहेकाले पहिलो चरण सम्पन्न भएपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार ३६९ कित्ता सेयर जारी गर्ने जनाएको छ।

Online Arthik









