आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंसिर १७ भएको जनाएको छ। कम्पनीले मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हुँदा आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने र आगामी साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। मंसिर १८ गते उधौली पर्वको सार्वजनिक बिदा परेकाले सो दिन सेयर बजार बन्द रहने जानकारी पनि गराइएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई करसहित १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसलाई मंसिर २९ गते काठमाडौँको बौद्ध स्थित बौद्ध हेरिटेजमा हुने २१ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।

Online Arthik









