माछापुच्छ्रे एसआईपी योजनाअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई खरिदका लागि आज अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयमा भित्र आवेदन बुझाउनुपर्नेछ। माछापुच्छ्रे बैंक कोष प्रवर्द्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको इकाई बिक्री खुला मंसिर १४ गतेदेखि भएको थियो।

यस योजनाअन्तर्गत कुल ५ करोड इकाई निष्कासन गरिएको छ, जसमा पहिलो चरणमा २ करोड इकाईको बिक्रीका लागि आवेदन खुला गरिएको हो। कोष प्रवर्द्धक तथा योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ७५ लाख इकाई छुट्टाइएको छ, जसमा १४ प्रतिशत (७० लाख इकाई) माछापुच्छ्रे बैंकका लागि र १ प्रतिशत (५ लाख इकाई) माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित राखिएको छ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २० लाख इकाईसम्म आवेदन दिन पाउनेछन्। साथै यसका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था (आस्वा सदस्य) का कार्यालयहरूबाट आवेदन दिन सकिन्छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा माछापुच्छ्रे क्यापिटल कार्यरत रहेको यो योजना नेपालका लगानीकर्ताका लागि एक आकर्षक तथा दीर्घकालीन लगानी अवसरको रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया