श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले अनिल जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को रूपमा नियुक्त गरेको छ। मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नहुँदासम्म वा अधिकतम तीन महिनासम्मका लागि जोशीलाई सीईओको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।
पूर्व प्रमुख कार्यकारी अधिकृत लिलामणि न्यौपानेको दोस्रो कार्यकाल मंसिर २२ गतेदेखि औपचारिक रूपमा समाप्त भएको कम्पनीले जनाएको छ। हाल नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत जोशीले मंसिर २३ गतेदेखि कायम मुकायम सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन्।

Online Arthik









