सानिमा बैंक लिमिटेडले मंसिर २१ गते आफ्नो स्थापना भएको २१ वर्ष पूरा गर्दै वार्षिकोत्सव मनाएको छ। दुई दशकभन्दा बढी समयदेखि ग्राहक सेवा, दायित्व र प्रतिबद्धताका साथ विश्वसनीय बैंकिङ संस्थाको रूपमा स्थापित हुँदै आएको बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहक तथा सरोकारवालाले प्रदान गर्दै आएको निरन्तर विश्वासप्रति कृतज्ञता व्यक्त गरेको छ। बैंक परिसरमा आयोजित कार्यक्रमका क्रममा नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंकको २१ वर्षे यात्रामा साथ दिने कर्मचारी, ग्राहक तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सामूहिक प्रयासबाट बैंकको लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाए। हाल बैंकका सातै प्रदेशमा १३४ शाखा तथा १२७ एटीएम सेवा सञ्चालनमा रहेका छन्। सानिमा बैंकले आगामी दिनमा ग्राहक–मैत्री तथा प्रविधि–मैत्री बैंकिङ सेवा विस्तार गर्दै वित्तीय पहुँच र सेवाको दायरा थप बढाउने योजना रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया