चाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोड्दै बुधबार प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले वृद्धि भई चाँदी ३ हजार ६ सय रुपैयाँबाट उक्लिएको हो। यसअघि गत बुधबार चाँदीले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो। त्यस्तै, सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँ बढेको छ। अघिल्लो दिन २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। भने पनि सुनले गत असोज ३१ गते बन्दै २ लाख ५८ हजार रुपैयाँको ऐतिहासिक रेकर्ड अझै तोड्न सकेको छैन।

तपाईको प्रतिक्रिया