नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर तथा १६.०५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको हो। कम्पनीका सचिव विनोदकुमार भुजेलका अनुसार उक्त लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया