भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आगामी पुस १९ गते ७औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ। मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो। साधारण सभा बुटवलस्थित दियालो फूडल्याण्डमा बिहान ११:३० बजे सुरु हुने कम्पनीले जनाएको छ।
सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय विवरण—नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीसहितका विवरण—माथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। साथै चालु आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने र एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

Online Arthik










