यूनाइटेड ईदी मर्दी एण्ड आरभी हाईड्रोपावरले आफ्नो लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई लाभांश वितरणको प्रस्ताव गरेको हो।

बैठकले सेयरधनीहरूलाई चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

उक्त प्रस्ताव आगामी कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया