सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । सोमबारको कारोबारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा १९ सय रुपैयाँले बढेको छ ।
यससँगै सुनको भाउले हल टाइम हाईको रेकर्ड तोडेको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम थियो। उक्त दिन पनि सुनको भाउ २ हजार २ सय रुपैयाँले बढेको थियो। त्यस्तै, आज चाँदीको भाउ पनि बढेर प्रतितोला ३ हजार ८७० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँ बढी हो।सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि हुँदा बजारमा लगानीकर्ताको चासो पनि बढेको बताइएको छ।

Online Arthik










