नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको १९३औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैठकले हाल कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।

Online Arthik









