आयु मोलुङ हाईड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ (प्राथमिक सेयर) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ। मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको अनामनगरस्थित सिलौटो कटेज मा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा पारित गरिने विशेष प्रस्तावहरूमा प्राथमिक सेयर निष्कासन गर्ने, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, अन्य आयोजना तथा लगानीका कार्यहरू अघि बढाउने, र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट निर्देशित कुनै संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने समावेश छन्। यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र सम्पूर्ण वित्तीय विवरणहरू पनि अनुमोदन गरिनेछ।

Online Arthik










