अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य सुनको मूल्य बढेको छ। आजको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत, अर्थात ३१.३६ डलरले वृद्धि भई, प्रतिऔंस ४,३३३ डलरमा कारोबार भईरहेको छ। विश्लेषकहरूका अनुसार, अमेरिकी श्रमबजारको कमजोर तथ्यांक सार्वजनिक हुनु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका तेल ट्याङ्करमाथि प्रतिबन्ध लगाउनु सुनको मूल्य बढ्नुको मुख्य कारण हुन्।

पछिल्लो समय निरन्तर वृद्धि भईरहेको सुनको मूल्य दुई वर्षमा दोब्बर भएको छ। विश्लेषकहरूले सन् २०२६ सम्म सुनको भाउ प्रतिऔंस ५,००० डलर पुग्ने प्रक्षेपण गरेका छन्। गत अक्टोबरमा सुनको मूल्य प्रतिऔंस ४,३८१ डलरसम्म पुगेको थियो। विश्वका केन्द्रीय बैंकहरूले खरिद बढाउनु र बजारमा नयाँ लगानीकर्ताको प्रवेशले पनि सुनको मूल्य निरन्तर उकालो लाग्नमा योगदान पुर्‍याएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आजको कारोबारमा चाँदी ४.६३ प्रतिशत, अर्थात २.९५ डलरले बढेर प्रतिऔंस ६६.३८ डलरमा कारोबार भईरहेको छ।

तपाईको प्रतिक्रिया