नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

बोनस सेयरमा लाग्ने करको लागि ०.६५७८९४७४ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ। प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया