सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँको आधारमा उक्त लाभांश (कर सहित) प्रस्ताव गरिएको हो ।
कम्पनीले कुल ३९ करोड ३३ लाख ९५ हजार ७ सय ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।

Online Arthik










