नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ रहेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८० रुपैयाँमा कायम थियो ।

तपाईको प्रतिक्रिया