स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ७८ करोड ३९ लाख २४ हजार ४०३ रुपैयाँको १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमध्ये १४.२५ प्रतिशत अर्थात् ११ करोड १७ लाख ९ हजार २२८ रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशत अर्थात् ९५८ लाख ७९ हजार ४३३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) समावेश छ। संस्थाका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

Online Arthik










