ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ४.७५ प्रतिशत बोनस सेयर तथा ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। साथै, उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि पेश गरी आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गर्ने निर्णय समेत बैठकले गरेको छ।

Online Arthik










