प्रभु बैंक लिमिटेडले पुस ६ गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ। बैठकले सो अवधिको वित्तीय अवस्था विवरण र नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन नेपाल वित्तीय प्रतिवेदन मापदण्डअनुसार तयार पारिएको पुष्टि गर्दै वार्षिक साधारणसभाका लागि प्रकाशन गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको बैंकले जनाएको छ।

Online Arthik










