नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको पुस ७ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सञ्चालक समितिको ६२९ औँ बैठकले आव २०८१/८२ को लेखापरीक्षणबाट प्राप्त वासलात, २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र यससँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । उक्त वित्तीय विवरणहरू बैंकको ३९ औँ वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पठाउने निर्णय समेत बैठकले गरेको छ ।
उल्लेखनीय छ, बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि पनि सेयरधनीहरूलाई कुनै लाभांश वितरण गरेको थिएन ।

Online Arthik









