सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारण सभा २०८२ साल पुस ७ गते सोमबार काठमाडौँमा सम्पन्न गरेको छ । साधारण सभाले बैंकको हाल कायम चुक्ता पूँजी रू. ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ ५५ पैसाको ५.३५८३ प्रतिशत अर्थात् रू. १९ करोड ५ लाख ५३ हजार ६२६ रुपैयाँ ३० पैसा बराबरको नगद लाभांश (करसहित) तथा ५ प्रतिशत अर्थात् रू. १७ करोड ७८ लाख १२ हजार ७८५ रुपैयाँ ९८ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसअनुसार कुल १०.३५८३ प्रतिशत लाभांश वितरण हुनेछ । उक्त प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी वृद्धि भई रू. ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा पुग्ने भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ । आम नागरिकको प्रगाढ विश्वासका कारण सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको जनाउँदै बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तर पालना गर्दै आगामी दिनमा सेवाको दायरा अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Online Arthik









