मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो। घोषित लाभांशअनुसार हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

Online Arthik










