लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गर्दै सोहीअनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको हो। बैंकका अनुसार राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि उक्त विवरण आगामी वार्षिक साधारणसभामा प्रस्तुत गरिनेछ।

तपाईको प्रतिक्रिया