हिमालयन बैंक लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न भई प्राप्त भएको वित्तीय विवरणअनुसार लाभांश वितरण नगर्ने तथा सोही बमोजिम उक्त वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया