लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको छ। पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गर्दै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न भएको वित्तीय विवरण पारित गरेको हो। बैठकले उक्त वित्तीय विवरण आगामी १८ औँ वार्षिक साधारणसभामा पेश गर्नका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ।

तपाईको प्रतिक्रिया