लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा डाक्ने निर्णय गरेको हो ।कम्पनीको वार्षिक साधारण सभा आगामी पुस ३० गते पोखरामा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश गरिने छैन ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । साथै सोही अवधिको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितका अन्य वित्तीय विवरणहरूमाथि पनि छलफल गरी अनुमोदन गरिनेछ ।यसैगरी, चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै, बैठक भत्ता अनुमोदन तथा निर्धारण गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने प्रस्तावसमेत सभामा पेश गरिनेछ ।

Online Arthik










