निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा आगामी पुस ३० गते काठमाडौँको नक्सालमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

पुस ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो । सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही अवधिको लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरूमाथि छलफल गरी अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिनेछ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार पुस १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

तपाईको प्रतिक्रिया