स्थानीय बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबारको कारोबारमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च स्तरमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो, जुन दिन सुनको भाउ एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेको थियो ।यसैगरी, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला १६५ रुपैयाँले बढ्दै ४ हजार ४२० रुपैयाँ पुगेको छ । यो चाँदीको हालसम्मकै उच्च मूल्य हो ।

तपाईको प्रतिक्रिया