चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस ८ गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । बैठकले हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरी कुल १२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा डाकेको छ । सो सभा पारित भएपछि मात्र सेयरधनीहरूलाई प्रस्तावित लाभांश प्रदान गरिनेछ ।
यसैगरी, कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Online Arthik










