नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता ३० रुपैयाँ दरले नगद लाभांश दिने निर्णय गरेको हो ।प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृतिपछि सेयरधनीहरूलाई प्रदान गरिनेछ । साधारण सभामा गत आवको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पनि पारित गरिनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।
नेपाल टेलिकमको आगामी १८ औं वार्षिक साधारण सभा पुस ३० गते काठमाण्डौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

Online Arthik










