ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय दिनमा सम्पन्न १ सय कामको सूची सार्वजनिक गरेका छन् । उनले यो अवधिमा जनताको विश्वास बोकेको सेवकको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका बताएका छन्।

मन्त्री घिसिङका अनुसार ‘सय दिन छोटो भए तापनि जिम्मेवारीका हिसाबले अत्यन्त गह्रौं छन्। आलोचनाबाट नडरी, दबाबमा नझुकी र गलत सम्झौताबाट टाढा रहेर कर्तव्य पूरा गरिरहेको छु।’ उनले काममा प्राथमिकता दिन भाषणभन्दा कार्य र देखिने नतिजामा ध्यान दिएको दाबी गरे।

घिसिङले मन्त्रालयमा मात्र बसेर नभई विकास आयोजनाको वास्तविक अवस्था बुझ्न निर्माणस्थलमै गएर आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीयसँग प्रत्यक्ष संवाद गरेको बताए। उनले भने, “अधुरा सडक एवं पुलले यात्रु पीडा भोगिरहेका छन् भने सिँचाइ अभावले खेत बाँझो रहेको छ, त्यसको समाधान गर्दै छौं। एउटा पुल १४ वर्षसम्म निर्माण नभएको अवस्था स्वीकार्य छैन।”

सूचीमा रहेका केही मुख्य कामहरू यसप्रकार छन्:

  • ‘डेडिटेकेड’ तथा ‘ट्रंक’ लाइनको प्रिमियम बक्यौता किस्ताबन्दीमा असुल सुरु

  • मौसम सम्बन्धी विशेष बुलेटिन प्रकाशन

  • बुढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी तय गरी अर्थ मन्त्रालयमा पठाइएको

  • अपर अरुण जलविद्युत् आयोजनाको वित्तीय ढाँचा तयार

  • भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत् निर्यात

  • भौतिक पूर्वाधार: कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन ऋण सम्झौता

  • ४० ठेक्का तोडिएको र अन्य तोड्ने प्रक्रियामा

  • बीपी राजमार्गको पुनर्निर्माण

मन्त्री घिसिङको भनाइ अनुसार उनी फिल्डमा गएर समस्याको वास्तविकता बुझ्दै परियोजनालाई गति दिन सक्रिय छन्।

तपाईको प्रतिक्रिया