बिहीबारको कारोबारमा स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्दै २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले बढ्दै २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज उच्च विन्दुबाट ओरालो लागेको छ। आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय २० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

तपाईको प्रतिक्रिया