ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो १०औं वार्षिक साधारण सभा आगामी पुस ३० गते आयोजना गर्ने भएको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
सभाको आयोजना काठमाण्डौको बानेश्वरस्थित अल्फा हाउस ब्याङ्क्वेटमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।साधारण सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित सोही अवधिको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने प्रस्तावहरू प्रस्तुत गरिनेछ।
यसका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै उक्त साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

Online Arthik










