हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अवधिका लागि बीमितहरूले प्रति वर्ष प्रति हजारमा अधिकतम ८६ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन्।

कम्पनीले सावधिक बीमालेख (GEP-END, GEP-PO, PLPP, PLSJB, PLSLP, PSB तथा PSW) अन्तर्गत ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ तथा २५ वर्ष वा सोभन्दा माथिका लागि ६३ रुपैयाँ बोनस दर निर्धारण गरेको छ।यसैगरी सावधिक तथा आजीवन बीमालेख (PJS) अन्तर्गत ९ वर्षे अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर कायम गरिएको छ।अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ५७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ७२ रुपैयाँ तथा २५ वर्ष वा सोभन्दा माथिका लागि ८६ रुपैयाँ बोनस दर तोकिएको छ।जीवन उपहार (अग्रिम भुक्तानी) बीमालेख अन्तर्गत १६ वर्षे अवधिसम्मका लागि ५२ रुपैयाँ र जीवन उपहार (सावधिक) बीमालेख अन्तर्गत १५ वर्षे अवधिका लागि ३७ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ।सावधिक जीवन बीमालेख (११, १४, १६, १७, १८, १९, २० र २१) अन्तर्गत ९ वर्षे अवधिका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ तथा २५ वर्ष वा सोभन्दा माथिका लागि ७६ रुपैयाँ बोनस दर कायम गरिएको छ।

त्यस्तै सावधिक तथा आजीवन बीमालेख (१३) अन्तर्गत ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ तथा २५ वर्ष वा सोभन्दा माथिका लागि ७३ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ।अग्रिम भुक्तानी सावधिक बीमालेख (१०, १२ र १५) अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ४६ रुपैयाँ बोनस दर तोकिएको छ।वार्षिक नगद फिर्ता बीमालेख (२३ र २४) अन्तर्गत १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ र २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ बोनस दर कायम गरिएको छ।सुरक्षित भविष्य जीवन बीमा (२८) अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षका लागि ३२ रुपैयाँ तथा २५ वर्ष वा सोभन्दा माथिका लागि ३५ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ।

साथै सावधिक लघुबीमा, कर्पोरेट बीमा तथा कर्पोरेट जीवन बीमा योजनाअन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४७ रुपैयाँ तथा २५ वर्ष वा सोभन्दा माथिका लागि ४७ रुपैयाँ बोनस दर तोकिएको छ।३० वर्ष जीवन रक्षक बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ तथा २५ वर्ष वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ।त्यसैगरी सावधिक तथा बालबच्चा सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४४ रुपैयाँ तथा २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर कायम गरिएको छ।

तपाईको प्रतिक्रिया