नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढ्दै पुनः नयाँ रेकर्ड कायम भएको छ। आइतबार सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी तोलामा २७० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको वृद्धिसँगै सुनको मूल्यले अघिल्लो रेकर्ड तोडेको छ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि तोलामा २७० रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको छ। हाल बजारमा चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया