स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा धिरेन्द्र लाल कर्ण पुनः नियुक्त भएका छन्। पुस १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कर्णलाई दोस्रो कार्यकालका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनको कार्यकाल चार वर्षको रहनेछ भने यो नियुक्ति माघ १ गतेदेखि लागू हुनेछ।

Online Arthik










