सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी बन्नुपर्ने भएको छ। कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरू मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई हाल कायम चुक्तापूँजीको २५ प्रतिशत नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते ३२औँ वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ। सभा काठमाडौँको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

तपाईको प्रतिक्रिया