सुपर मादी हाईड्रोपावर लिमिटेडको लक–इन अवधि आगामी माघ २१ गते समाप्त हुने भएको छ। उक्त मितिमा कम्पनीको कुल १ करोड ९८ लाख ८९ हजार १ सय कित्ता सेयरको लक–इन अवधि सकिन लागेको हो। यसमध्ये संस्थापक समूहको १ करोड ८७ लाख ४२ हजार ५ सय कित्ता, कर्मचारीका लागि सुरक्षित गरिएको ४४ हजार १ सय कित्ता तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको ११ लाख २ हजार ५ सय कित्ता सेयर रहेका छन्। यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमानुसार सेयर रोक्का नै रहने कम्पनीले स्पष्ट गरेको छ।

तपाईको प्रतिक्रिया